You are viewing the translated version of मिलापत्र हुन सक्ने: .
Section 24A
मिलापत्र हुन सक्ने:
(१) यस ऐन बमोजिम मुद्दा
दायर भई विचाराधीन रहेको मुद्दामा प्रतिवादीले
बिगो र लाग्ने जरिबाना भुक्तानी गरी मिलापत्र
गराई पाउँ भनी निवेदन दिएमा त्यस्तो मुद्दामा
मिलापत्र हुन सक्नेछ।
(२) उपदफा (१) बमोजिमको मिलापत्र फैसला कार्यान्वयनको चरणमा समेत गर्न सकिनेछ। त्यसरी मिलापत्र भएकोमा प्रतिवादीलाई भएको कैद सजायको लगत कट्टा हुनेछ।
(३) उपदफा (१) बमोजिम : मिलापत्र गर्दा प्रतिवादीको चल अचल सम्पत्ति रोक्का फुकुवा गर्नु पर्ने भए सो फुकुवा समेत गरी सम्बन्धित मुद्दा हेर्ने अधिकारीले मिलापत्र कार्यान्वयन गरी दिनु पर्नेछ।
(४) उपदफा (१) बमोजिम मिलापत्र गर्दा सरकारी वकीलको राय लिनु पर्नेछ।
(५) उपदफा. (१) बमोजिम मिलापत्र गर्दा एकभन्दा बढी प्रतिवादी भएकोमा सम्बन्धित प्रतिवादीको बिगो र जरिबाना यकीन भएकोमा आफ्नो हकको बिगो र जरिबाना भुक्तान गरी मिलापत्र/गर्नु पर्नेछ।
(६) उपदफा (१) बमोजिम मिलापत्र गर्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा उल्लिखित कार्यविधि अवलम्बन गर्नु पर्नेछ।